प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १८:५०

विराटनगर, १४ माघ । सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले अभियानलाई तीव्र पारेको छ । मन्त्रीपरिषद् बैठकबाट सुर्तीजन्य पदार्थको नियमनलाई व्यवहारमा लागु गर्ने निर्णय लगत्तै आज प्रदेशका मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सुर्तीजन्य पदार्थ नियन्त्रणको व्यानर राखीएको छ ।

माघ १३ गतेको मन्त्रीपरिषद बैठकबाट सूर्तीजन्य पदार्थको नियमनलाई व्यवहार लागुु गर्ने निर्णय गरेको थियो । जस अनुसार आज मुख्यमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालय र सम्पूर्ण मन्त्रालयबाट यस कार्यको विधिवत थालनी गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यालयमा प्रतिबद्धता एवं सुचना पढेर कार्यक्रमको औपचारिक शुरुवात भएको जानकारी दिनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरंगमा सुर्तीजन्य पदार्थ नियन्त्रणको व्यानर राखिएको छ । सरकारी कार्यालय तथा सार्वजनिक स्थानको १ सय मिटर क्षेत्रफल वरपरमा सुर्ती र सुर्तीजन्य पदार्थको विक्रि वितरण तथा सेवनलाई रोक लगाएको छ । सरकारले आगामी वैशाखमा प्रदेशलाई सुर्तीजन्य पदार्थ नियन्त्रण भएको घोषणा गर्ने तयारी गरेको छ ।

विराटनगर महानगरपालिकाले माघ मसान्त देखि विक्रि वितरणलाई रोक लगाइने तयारी गरेको महानगर प्रमुख भीम पराजुलीले बताउनुभयो ।सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका सबै सरकारी कार्यालयमा सबैले देखिने गरि सुचना टाँस गरि कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सुर्तीजन्य पदार्थ नियन्त्रण नगर्ने कार्यालय प्रमुखलाई ५ हजार सम्म जरिवानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रदेश एकका सबै मन्त्रालयलाई सुचना टाँस गर्दै कम्तीमा एक सय मिटर क्षेत्रफलमा विक्रि वितरण नगर्न पहिले सुचना जारी गरिएको छ । नियमको उल्लंघन गरे कानुनी सजायको भागीदारी हुनुपर्ने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । मन्त्री घिमिरे नेतृत्वको टोलीले हरेक मन्त्रालय पुगेर कार्यालय भित्र सुर्तीजन्य पदार्थ नियन्त्रणको प्रतिबद्धता जनाउन लगाएको थियो ।

धुमपान तथा सुर्तीजन्य पदार्थको नियमन गर्न बनेको ऐन २०६८ लाई प्रभाकारी कार्यान्वयनका लागि प्रदेश एक सरकारले सबै स्थानीयतहसँग सहकार्यमा नियन्त्रण गर्ने तयारी गरेको सामाजिक विकास मन्त्रलायका सचिव वीरवहादुर राईले बताउनुभयो । उहाँले आज हरेक मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा अस्थाई रुपमा राखीएको व्यानरलाई स्थायी रुपमा हुने गरिको बनाएर राख्नपर्ने बताउनुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३