प्रकाशित : १० माघ २०७६, शुक्रबार १७:५२

विराटनगर १० माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्ट्स मिट अन्तरगत आज भएको खेलमा कोशी, पथरीको एभरेष्ट र सगरमाथा कलेज विराटनगर विजयी भएका छन् ।

क्रिकेटमा कोशी र पथरीको एभरेष्ट कलेजले जित हात पारेका छन् । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कान्तिपुर कलेजलाई ३१ रनले पराजित गरेको छ ।

१ सय २५ रनको लक्ष्य पछ्याएको कान्तिपुरले निर्धारित ओभरमा ९ विकेट गुमाई ९३ रन मात्र बनाउन सक्यो । दोस्रो खेलमा एभरेष्ट कलेजले सगरमाथा कलेजलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १८ ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ७१ रनको सामान्य योगफल तयार पारेको थियो । ७२ रनको लक्ष्य पछ्याएको एभरेष्टले निर्धारित १६ दहमलव २ बलमा ३ विकेट आवश्यक रन जोड्न सफल भयो ।

फुटबलमा सगरमाथा र पथरीको एभरेष्ट कलेज विजयी भएका छन् । पहिलो खेलमा सगरमाथा सेकेण्डरी स्कूलले विकेभिएमको चुनौतीलाई १–० गोल अन्तरले पन्छ्याउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

खेलको एक मात्र निर्णय गोल सगरमाथाका म्यान अफ द म्याच अक्षित अधिकारीले गरे । दोस्रोे खेलमा पथरीको एभरेष्ट कलेजले पहिलो संस्करणको विजेता उर्लाबारीको सुनगाभा कलेजलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

खेलको म्यान अफ द म्याच एभरेष्टका विरीङ राईले २ र दिप लिम्बुले १ गोल गरे । सुनगाभाका कुशल चौधरी र तिपेश धिमालले १–१ गोल गरेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३