प्रकाशित : ९ माघ २०७६, बिहीबार १९:५७

विराटनगर, ९ माघ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

विहिबार साँझ घोषित मतपरिणाम अनुसार दलिततर्फ पूर्वराज्यमन्त्री गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहाल निर्वाचित भएका छन् । नेकपाकी गौतमले ६ हजार ४ सय २६ मत ल्याएकी छिन् । उनकी निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी मिना पुलामी मगरले २ हजार ६ सय २२ मत ल्याएकी छिन् ।

दलित तर्फ विजयी अछामीले ५ हजार ३ सय ३० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ मत ल्याएका छन् ।

अन्य तर्फ विजयी देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राजेन्द्रकुमार घिमिरेले २ हजार ७ सय ६६ मत ल्याएका छन् । प्रदेश एकमा ९३ जना सांसद रहेका छन् ।

निर्वाचनमा ९१ जना सांसदले मतदान गरेका थिए । मतदानमा सहभागी मध्ये तत्कालिन एमालेबाट ५१ र माओवादीबाट १६ गरी कुल ६७ जना, प्रतिपक्षी दल कांग्रेसबाट २१, समाजवादी पार्टी नेपालबाट ३, राजपा र संघीय लिम्बूवानबाट समान १ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

कांग्रेसका प्रदेश सभा सचेतक सूयर्माराज राईले मतदानका शान्त वातावरणमा सम्पन्न भएको र लोकतन्त्र रक्षाका लागि एक भएर मतदान प्रक्रियामा सहभागिता जनाएको बताए । मतदानमा प्रदेश एकका १ सय ३७ स्थानीय तहबाट प्रमुख तथा उपप्रमुख गरेर कुल २ सय ७४ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्यकालागि प्रदेश नं. १ बाट नेकपा, कांग्रेस र समाजवादी पार्टीका ९ जनाले उम्मेदवारी दिएका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३