प्रकाशित : ९ माघ २०७६, बिहीबार १७:३५

विराटनगर ९ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्ट्स मिट अन्तरगत आज भएको खेलमा अर्किड, सृजना, मेरील्याण्ड,रेड स्टार र लर्डबुद्ध कलेज विजयी भएका छन् ।

आज भएको क्रिकेटमा अर्किड र सृजना कलेजले जित हात पारेको छ । पहिलो खेलमा अर्किड कलेजले विकेभिएम कलेजलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३३ रनको विशाल योगफल तयार पारेको थियो ।

१ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभरमा ५ विकेट गुमाई ८५ रन मात्र बनाएको थियो । दोस्रो खेलमा सृजना कलेजले नेशनलक लेजलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सृजनाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय १० बनाएको थियो । फुटबलमा मेरील्याण्ड कलेज, रेडस्टार कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन् । दोस्रोे खेलमा पथरीको रेड स्टार कलेजले कोवास कलेजलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

तेस्रोे खेलमा लर्डबुद्ध कलेजले नेपाल दर्शन कलेजलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३