प्रकाशित : ९ माघ २०७६, बिहीबार १७:२५

विराटनगर ९ माघ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । राजधानी विराटनगरको वीरेन्द्र सभागृहमा बिहीबार विहानबाट सुरु भएको मतदान कार्य दिउँसो सम्पन्न भएको हो ।

सो क्रममा प्रदेश एकका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा प्रदेश सांसदहरुले मत खसालेको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा सभागृहको तल्लो तल्लामा अवस्थित मतदान केन्द्र क मा प्रदेश सांसदहरुले मतदान गरेका छन् । प्रदेश एकमा ९३ जना सांसद रहेका छन् ।

त्यसैगरि, ९१ जना सांसद मध्ये तत्कालिन एमालेबाट ५० र माओवादीबाट १५ गरी कुल ६५ जना, प्रतिपक्षी दल कांग्रेसबाट २१, समाजवादी पार्टी नेपालबाट ३, राजपा र संघीय लिम्बूवानबाट समान १ जनाले मतदानमा सहभागिता जनाएका थिए । कांग्रेसका प्रदेश सभा सचेतक सूयर्माराज राईले मतदानका शान्त वातावरणमा सम्पन्न भएको र लोकतन्त्र रक्षाका लागि एक भएर मतदान प्रक्रियामा सहभागिता जनाएको बताउनु भयो । त्यसैगरि, मतदानमा प्रदेश एकका १ सय ३७ स्थानीय तहबाट प्रमुख तथा उपप्रमुख गरि कुल २ सय ७४ जनाले मतदान गरेका छन् । झापा गौरादहका मेयर रोहित साहले लोकतन्त्र रक्षाका लागि मतदान गरेको बताउनु भयो । आफूहरुको मतले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउने विश्वास रहेको बताउनु भयो ।

राष्ट्रिय सभा सदस्यकालागि १ बाट नेकपा, कांग्रेस र समाजवादी पार्टीका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाको तर्फबाट दलिततर्फ पूर्वराज्यमन्त्री गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहालले उम्मेवारी छ । त्यसैगरि, कांग्रेसबाट महिलातर्फ मीना पुलामी, दलिततर्फबाट निरबहादुर विश्वकर्मा र खुल्लातर्फ राजेन्द्र घिमिरेले उम्मेदवारी रहेको छ ।

समाजवादी पार्टी नेपालबाट दलितमा ज्ञानकुमार परियार, महिलातर्फ सदिना खातुन र खुल्लामा भरतराज दाहालले उम्मेदवार प्रस्तुत गर्नु भएको छ । प्रदेश १ मा यसअघि नेपाली कांग्रेसका सरिता प्रसाई, नेकपाका खेम नेपाली र हरिचरण शिवाकोटी रहनु भएको थियो । गोलाप्रथामा दुई वर्षे कार्यकाल सम्पन्न भएसँगै आज निर्वाचन भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३