प्रकाशित : ९ माघ २०७६, बिहीबार ०६:३२


विराटनगर, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कटहरी गाउँपालिकाको संगठन विभाग प्रमुखको जिम्मेवारी मुकेश बुढाथोकीलाई दिईएको छ । बधुबार बसेको बैठकले जिम्मेवारी बाडफाड गर्दै पार्टी एकता प्रकृया टुंगो लगाएको हो ।
गाउँकमिटी अध्यक्ष जीतनारायण सरदकारको अध्यतामा बसेको बैठकले आठवटा संगठन विभागको जिम्मेवारी बाडफाड गरेको थियो । बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी बुढाथोकीलाई दिएको छ । आर्थिक विभागको जिम्मेवारी किशोर भट्टराई, स्कुल विभाग प्रमुखको जिम्मेवारी किशोरकुमार पाण्डेलाई दिएको छ ।
युवा तथा खेलकुद विभागको जिम्मेवारी सुरेन्द्र राजवंशी, श्रम तथा स्वरोजगार विभागको जिम्मेवारी युवराज राजवंशी, कृषि तथा भूमि सुधार विभागको जिम्मेवारी शिवशंकर यादव, अनुशासन विभाग प्रमुखको जिम्मेवारी योगेन्द्र यादव र संसदीय दल प्रमुखको जिम्मेवारी पृथ्बीलाल सरदारलाई दिएको छ ।
बुधबार बसेको बैठकमा नेकपाका प्रदेश सदस्य मृत्युन्जय झा, गाउँपालिका इञ्चार्ज प्रदिप साह, सुवास कुमार सरदार, श्यामकुमार मण्डललगायतको उपस्थीति रहेको संगठन विभाग प्रमुख मुकेश बुढाथोकीले जानकारी दिनुभयो ।