प्रकाशित : ८ माघ २०७६, बुधबार १७:३५

विराटनगर, ८ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत आज भएको खेलमा कान्तिपुर, सगरमाथा, भानु र अर्किड कलेज विजयी भएका छन् ।

आज भएको क्रिकेटमा कान्तिपुर र सगरमाथा सेकेण्डरी स्कूलले जित हात पारेको छ । पहिलो खेलमा कान्तिपुर कलेजले भानु कलेजलाई ८ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा सगरमाथा सेकेण्डरी स्कूलले शिक्षादिप कलेजलाई १ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सया ११ रनको सामान्य योगफल तयार पारेको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएको सगरमाथाले १९ दशमलव ३ बलमा ९ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको छ ।

फुटबलमा कान्तिपुर कलेज, भानु र शिक्षादीप कलेज विजयी भएका छन् । पहिलो खेलमा कान्तिपुर कलेजले वेलबारीको शिक्षा सन्देश कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णय गोल कान्तीपुरका विकाश राईले गरे ।

दोस्रोे खेलमा भानु कलेजले नेता चौकको वुद्ध सेकेण्डरी स्कूललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच भानुका सुजन कार्की र प्रवेश खड्काले १–१ गोल गरे ।

तेस्रोे खेलमा अर्किड कलेजले शिक्षादिप कलेजलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरीमा खेले पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

ट्राईब्रेकरमा पनि दुवै टिमले ४–४ गोलको बराबरी खेले पछि खेलको छिनोफानो सडन डेथबाट भएको थियो । खेलको म्यान अफ द म्याच अर्किडका हृत्तिक मगर घोषित भए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३