प्रकाशित : ८ माघ २०७६, बुधबार १७:३२

विराटनगर, ८ माघ । मोरङको बेलबारी ११ स्थित लक्ष्मी माध्यमिक विद्यालयको नव निर्मित भवन तथा शिलालेखको अनावरण गरिएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले भवनको उद्घाटन गर्नुभयो । ४९ लाख लागतमा निर्माण भएको २ तले भवनका लागि नगरपालिका ३ लाख र विद्यालयको १४ लाख जुटाएको थियो ।

भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख सुवेदीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कमजोर भए त्यसको क्षतिपुर्ती नगरपालिकाले तिर्ने गरि पठन पाठनमा सुधार थालिएको बताउनुभयो । आगमी शैक्षिक सत्र देखी अभिभावकसँग सम्झौता गरेर पठन पाठन शुरु गर्ने प्रमुख सुवेदीले बताउनभो ।

बेलबारी नगरपालिकाका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोईरालाले सामुदायिक बिद्यालय प्रति आकर्षण बढ्न थालेकाको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३