प्रकाशित : ६ माघ २०७६, सोमबार २१:२९

विराटनगर, ६ माघ । मोरंगको केरावारी स्थित याङ्शीलामा नेपाली सेना राष्ट्रिय सेवा दलको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थीले विभिन्न सांगितिक प्रस्तुती गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले विद्यार्थी कौशल प्रशंशा योग्य भएको बताउनुभयो । राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थीको कलाबाट प्रभावित भएको समेत उहाँले बताउनुभयो।

सो कार्यक्रममा पुर्वी पृतनाका पृतनापति अनन्त कार्की, महोत्तरी, धनुषा, झापा, ओखलढुंगा लगायत विभिन्न जिल्लाबाट तालिम लिएका विद्यार्थीले विभिन्न जातजातीको झाँकी तथा राष्ट्रियता संवन्धिका गित, संगीत , नृत्य एवं कला प्रस्तुत गरेका थिए । विद्यार्थीले नेपाली सेना राष्ट्रिय सेवा दलको १ सय दिनको तालिम सम्पन्न गरेका छन् ।

नेपाली सेनाले सामुदायिक तथा संस्थागत विद्यालयमा राष्ट्रिय सेवा दल मार्फत विभिन्न तालिमहरु दिँदै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३