प्रकाशित मिति : ६ माघ २०७६, सोमबार १८:३५

विराटनगर ६ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट आज देखि विराटनगरमा शुरु भएको छ । आज भएको क्रिकेटको उद्घाटन खेलमा ग्रिनल्याण्ड कलेजले जित हात पारेको छ । ग्रिनल्याण्डले लर्डबुद्ध कलेजलाई ३० रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ग्रिनल्याडले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको लर्डबुद्धले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९३ रन मात्र जोड्न सक्यो । उसकालागि दिपक ढुंगानाले २३ रन बनाउँदा विद्यानन्द मण्डलले १२ रन जोडे । ग्रिनल्याण्डका मुकेश सिंह र राहुल गुप्ताले ३–३ विकेट लिँदा ज्योतिष यादवले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सया २३ रनको योगफल तयार पोरेको थियो । ग्रिनल्याण्डकालागि प्रशान्त सिंह एक्लैले नट आउट ८६ रनको ठोस पारि खेलेका थिए । सिंहले  ८ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै कमल पाण्डेले ११ रनको योगदान गरे । लर्डबुद्धका सुमन मण्डलले ३ विकेट र पवन साहले २ विकेट लिए ।

क्रिकेट प्रतियोगिताको उद्घाटन विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले ब्याटिङ र वडा नम्बर १४ का कार्यवहाक वडाध्यक्ष महिचन्द्र यादवले वलिङ गर्दै उद्घाटन गर्नुभएको थियो ।

माघ १७ गतेसम्म हुने मिटमा फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस, एथलेटिक्स र बास्केटबलका खेल हुनेछ । यस खेल महोत्सवमा जिल्लाका २८ विद्यालयका २ हजार विद्यार्थी खेलाडीले भाग लिने आयोजकले बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३