प्रकाशित : ५ माघ २०७६, आईतवार १७:४१


विराटनगर, ५ माघ । मोरङ जिल्ला स्तरीय खेल महोत्सव ‘ हिसान स्पोटर्स मिट २०७६’ विराटनगरमा हुने भएको छ ।
भोलिदेखि सुरु खेल महोत्सव १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।
विराटनगरको शहिद रंगशालामा हुने हिसान स्पोर्टस मिटमा २ हजार बढी खेलाडीले सहभागिता जनाउने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले विराटनगरमा आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । खेल महोत्सवमा जिल्ला भरिका २८ विद्यालयका विद्यार्थी खेलाडीहरुले क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस, एथलेटिक्स र बास्केटवल खेलमा सहभागीता जनाउने हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिनुभयो ।
खेल महोत्सवका भलिबल र क्रिकेट डिग्री कलेज विराटनगर, बास्केटबल मेरिल्यान्ड कलेज, टेबल टेनिस कभर्ड हल र अन्य खेलहरु शहिद मैदानमा सम्पन्न हुने जनाइएको छ ।
खेल महोत्सवका लागि ११ लाख खर्च हुने अनुमान गरिएको छ । साथै खेललाई भब्य र सभ्य बनाउन ६ वटा समिति समेत गठन गरिएको छ ।