प्रकाशित : ५ माघ २०७६, आईतवार १७:४०

विराटनगर, ५ माघ । प्रदेश नंं १ सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग्रहण गरेका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीको उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले चारजना राज्यमन्त्रीलाई सपथ ग्रहण गराउनु भएको छ ।

नेपालको संविधान २०७२ को धारा १७२ बमोजिम मुख्यमन्त्री राईले इलामका रामबहादुर राना मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्नु भएको छ ।

झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री र र मोरङका विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गर्दै सपथग्रहण गराउनु भएको छ । प्रदेश १ मा सात मन्त्रालयहरू छन् ।

चार जना राज्यमन्त्री थपिएसँगै गठन भएको दुई वर्षपछि पहिलो पटक प्रदेश नं. १ मा सरकार विस्तार भएको छ । दुई वर्षसम्म मन्त्री नियुक्त नभएका भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्त गरिएको हो ।

प्रदेशमा अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, समाजिक विकास मन्त्रीमा जीवन घिमिरे, उद्योग वन मन्त्रीमा जगदिश कुसियैत र अर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो हुनुहुन्छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३