प्रकाशित : ३ माघ २०७६, शुक्रबार १७:४५


विराटनगर, ३ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पहिलो पटक राष्ट्रिय मिडिया कार्यशाला सञ्चालन गरेको छ । काठमाण्डौमा हिजोबाट शुरू भएको कार्यक्रमको उद्घाटन वरिष्ट पत्रकार जिवराम भण्डारीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा पत्रकार भण्डारी, स्तम्भकार कृष्णअनिरूद्ध गौतम, परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, परिषद्का राष्ट्रिय मिडिया प्रमुख मोहन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
पहिलो दिनको कार्यक्रमा पत्रकार जिवराम भण्डारी, स्तम्भकार कृष्ण अनिरूद्ध गौतम, परिषद्का राष्ट्रिय मिडिया प्रमुख मोहन श्रेष्ठले पत्रकारिता विषयमा विभिन्न जानकारी गराउनुभएको थियो ।
त्यस्तै दोस्रो दिन भएको कार्यक्रममा कान्तिपुर टेलिभिजनका सह–सम्पादक डि.पी. उपाध्याय र थाहा संचारका सम्पादक तिर्थ कोइराला, परिषद्का राष्ट्रिय मिडिया प्रमुख मोहन श्रेष्ठले पत्रकारिता साथै मिडियाका विषयमा जानकारी गराउनुभयो । त्यस्तै परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले परिषद्को बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा सात वटै प्रदेशबाट परिषद्सँग आबद्ध ४० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । हिजोबाट शुरू भएको कार्यक्रम भोलिसम्म सञ्चालन हुने छ ।