प्रकाशित : ३ माघ २०७६, शुक्रबार १७:१२


विराटनगर, ३ माघ । विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको पाईएको छ । उनले महानगरपालिकाको शिक्षा शाखालाई प्रभावमा पारि नियुक्ति लिएको पाइएको हो ।
२०७० सालदेखी बहालवाला कर्मचारीलाई लेखाापरिक्षण गर्न रोक लगाइएको छ । कार्यरत क्षेत्रकै विद्यालय वा अन्य संस्थामा लेखापरिक्षण गरे आर्थिक अनियमिमता हुने भएकाले कर्मचारीलाई लेखापरिक्षणमा रोक लगाइएको हो ।
लेखा परिक्षण गर्नुनै परेको खण्डमा पनि सामान्य प्रशासन मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने भएपनि प्रधानले त्यसोनगरि लेखा परिक्षकको नियुक्ति लिएका हुन् । प्रधान आर एण्ड एसोसिएटको फर्मबाट प्रधानलाई विराटनगरको जनपथ माध्यमिक विद्यालय र मदरसा फैजुनवी आधारभुत विद्यालयको लेखा परिक्षकमा नियुक्त गरिएको छ ।
विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयहरुको लेखा परिक्षण गर्नका लागि ५० जना लेखा परिक्षक नियुक्ति गरिएको छ ।
महानगर अन्तर्गत नै संचालनमा रहेको विद्यालयहरुमा महानगरकै कर्मचारीले लेखापरिक्षकको नियुक्ती पाए आर्थिक अनियमितामा सघाउ पुग्ने जानकारहरुको दावी छ । त्यसको अलावा दोहोरो सुविधा हुने भएकाले पनि कर्मचारीले अन्य ठाँउमा काम गर्न बन्देज गरिएको छ । प्रधानले लेखा परिक्षकको नियुक्तिमा पनि माटो रकम चलखेल गरेको श्रोतले बताएको छ ।