प्रकाशित मिति : २ माघ २०७६, बिहीबार १७:४४

विराटनगर, २ माघ । चालु आर्थिक वर्षको हालसम्म प्रदेश १ मा ट्रिपरका कारण १४ वटा सडक दुर्घटना भएका छन् । ट्रिपर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

लोड भएका बेला तीव्र गति, अनुभव नभएका चालक, साँघुरो सडक लगायतका कारणले टिपर दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा प्रतिस्पर्धात्मक रुपमा तीव्र गतिमा कुदाइने ट्रिपरका कारण प्रदेश १ का तराईका जिल्लामा सडक दुर्घटना बढिरहेका छन् । ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका निर्माण सामग्री ढुवानीमा प्रयोग गरिने टिपर लोड भएको अवस्थामा पनि सडकमा अतिनै तीव्र गतिमा कुदाइने गरिएको छ ।

बनावटका हिसाबले अरु सवारी जस्तो सजिलो नहुने भएकाले टिपर निश्चित गतिमा कुदाउन आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ । मोरङको बेलबारी उद्योग बाणिज्य संघका महासचिव विवेक मिश्र ट्रिपरमा चालकको लापरवाही धेरै रहेको बताउनु हुन्छ । व्यवसायी र सरोकारवाला निकाय टिपरको गति र त्यसबाट बढिरहेको दुर्घटना न्यूनीकरण गर्ने दिशामा अघि बढ्नुपर्ने मिश्रको सुझाव छ ।

तीव्र गति र सडक दुर्घटना न्यूनीकरण मुख्य उदेश्य राखेर ट्राफिकले २०७५ चैत ११ गतेबाट प्रदेश १ का मोरङ, सुनसरी, झापा र उदयपुरमा सञ्चालित टिपरमा ‘टाइम कार्ड’ पनि लागू गरेको छ । यो नियमअनुसार ट्राफिक प्रहरीले तोकेको र चालकलाई वितरण गरिएको कार्डमा उल्लेख भएको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ । तर ट्राफिकलाई छल्दै ट्रिपर अत्याधिक गतिमा चलाइन्छ ।

पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्की सडकको लथालिंग अवस्था र यान्त्रिक गडबडीले हुने दुर्घटनालाई टिपर आतंक भनेर गलत व्याख्या हुने गरेको बताउनु हुन्छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल ‘टाइम कार्ड’ प्रणालीलाई कडाईका साथ लागू गरेर टिपर चालकलाई अनुशिक्षण र प्रशिक्षण दिने काम पनि भइरहेको बताउनु हुन्छ । तीव्र गतिमा कुद्ने र नियम उल्लंघन गर्नेलाई कारबाही पनि गरिएको उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३