प्रकाशित : १ माघ २०७६, बुधबार ०६:३६

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा शुभकामना दिनु भएको छ ।

थारु समुदायको महान् चाड माघी पर्व तथा मगर, छन्त्याल समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाल बहुलजातीय, बहुलभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो ।

अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताउनु भएको छ । सन्देशमा उहाँले भन्नुभएको छ,‘हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता पहो ।’

सदियौंदेखि एकताबद्ध रहँदै आएका हामी ‘सुखी नेपाली समृद्ध नेपाल’ र ‘भ्रमण वर्ष २०२०’ का लागि अझै अघिबढी एकताबद्ध हुनु आवश्यक छ, मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबध्द भएर अघि बढ्न माघी पर्व तथा माघे संक्रान्तिबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३