प्रकाशित : २८ पुष २०७६, सोमबार १८:३८

विराटनगर, २८ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नृत्य र संगीत क्षेत्रलाई व्यवासायिक बन्दै गएकोले यसलाई पाठक्रम भित्र समावेश गरेर अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।

विराटनगरको एभरेष्ट स्कुलले आयोजना गरेको सिंगीङ एण्ड डान्सिङ्ग आइडल प्रतियोगितामा बोल्दै मन्त्री घिमिरले यस्तो बताउनु भएको हो । ‘गीत, संगीत र नृत्य मानव जीवनको अभिन्न अगं हो,’ मन्त्री घिमिरेले भन्नुभयो , ‘संगीत र नृत्यलाई व्यवसायीक रुपमा अगाडि बढाउनु पर्दछ । यसमा प्रदेश सरकार पनि लागि परेको छ ।’

शारीरिक श्रम गरिनेलाई मात्र हामीले कामको रुपमा बुझने गरेको बताउँदै मन्त्री घिमिरले संगीत र नृत्य पनि काम भएको उहाँले बताउनु भयो । प्रदेश १ सरकारले आगामी फागुन १ गतेदेखि सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्री एवं वितरणमा पूर्ण प्रतिबन्ध लगाउने भएको पनि उहाँको भनाइ छ । उहाँले ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने बताउनु भयो ।

फागुन १ पछि ऐन पूर्ण रुपमा कार्यान्वयनमा लैजाने बताउँदै उहाँले कसैले पनि ऐन विपरित काम गरेको पाइएमा कारवाही गरिने जानकारी दिनु भयो । विद्यालय परिसरमा सूर्तिजन्य तथा पत्रु खाना (जङ्क फुड) पूर्ण रुपमा निषेध गर्ने प्रदेश सरकारको योजनालाई कार्यान्वयनका लागि सबै विद्यालयले सहयोगी भूमिका खेल्नु पर्ने मन्त्री घिमिरेको भनाइ थियो ।

एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले संगीङ एण्ड डान्सिङ्ग प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विद्यार्थीहरुमा भएको प्रतिभालाई उजार गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३