प्रकाशित : २८ पुष २०७६, सोमबार १८:००

विराटनगर, २८ पुस । अख्तियार दरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई बुझाएको छ । प्रदेश प्रमुखको कार्यालय परिसरको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी प्रदेश प्रमुख प्यासीलाई वार्षिक प्रतिवेदन बुझाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्दान आयोगका सहसचिव रविनलाल पन्थले आर्थिक वर्ष २०७५/०७६ को २९ औँ वार्षिक प्रतिवेदन बुझाउनु भयो । प्रदेश प्रमुख ‘प्यासी’ ले शुभकामना तथा धन्यवाद दिँदै आयोगको शक्तिको अनुभूति जनताले गर्न पाउने अवस्था सृजना भएको बताउनु भयो । अख्तियारको तीन खम्बे नीतिलाई आत्मसाथ गर्दै आयोग नतर्सी, नडराइ, सतर्कताका साथ अघि बढनुपर्नेमा प्रदेश प्रमुख प्यासीले जोड दिनु भयो ।

अख्यितारले बुझाएको वार्षिक प्रतिवेदन अध्ययन गरिसकेपछि प्रदेश प्रमुख प्यासीले प्रदेश सभामा उक्त वार्षिक प्रतिवेदन पठाउने १ नम्बर प्रदेश प्रमुखको कार्यालयका सचिव गोपी घिमिरेले बताउनु भयो । प्रतिवेदन प्रस्तुत गर्दै अख्तियारका सहसचिव पन्थले आयोग पाँच वर्षे संस्थागत रणनीतिक योजना बनाएर अगाडि बढेको बताउनु भयो ।

भ्रष्टचारमुक्त र सदाचारयुक्त समाज निर्माणमा आयोगले दुरदृष्टि राखेको उहाँले बताउनु भयो । राष्ट्रिय विकास र सार्वजानिक सेवामा जनताको सरल सहज पहुँच हुने गरी भ्रष्टाचार न्यूनीकरण गर्ने आयोगले आफ्नो रणनीतिक योजना बनाएको उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३