प्रकाशित : २७ पुष २०७६, आईतवार १८:३७

विराटनगर, २७ पुस । मोरंगको ग्रामथान १ लाई बालमैत्री वडा घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रमकावीच सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालमैत्री वडा घोषणा गर्नुभएको हो । किशोरीलाई सेनेटरी प्याड वितरण गर्दै मन्त्री घिमिरेले वालमैत्री वडा घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री घिमिरेले घोषणाले मात्रै नपुग्ने भएकाले बालमैत्री बनाउनका लागि निरन्तर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ घोषणालाई कार्यन्वयन गर्न सके मात्रै बालमैत्री घोषणाले सार्थकता पाउने छ ।’ बालमैत्री घोषणाका लागि गरिएको मेहनतले सामाजिक एकतालाई सुधृढ र सवल बनाउने मन्त्री घिमिरेले बताउनुभयो ।

प्रदेश सरकारले बालबालिकालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र वजेटमा प्राथमिकता दिने गरिएको बताउनुभयो ।

मन्त्री घिमिरेले माघ मसान्त भित्रमा प्रदेश नं. १ बाट सडक बालबालिकाको उद्धार भईसक्ने बताउनुभयो । सुनसरीको धरानबाट सुरु गरिएको अभियान अन्र्तगत अहिले सम्म दमक र विर्तामोडबाट सडक बालबालिका उद्धार गरिसकिएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले बालमैत्री घोषणाको कार्यन्वयनमा जोड दिनुभयो । उहाँले घोषणा गर्दैमा बालमैत्री नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘ साविक तेतरिया गाविसलाई बालमैत्री घोषणा गरिएपनि कार्यन्वयन हुन सकेन ।’ घोषणा गर्दैमा बालमैत्री नहुने रहेछ उहाँले भन्नुभयो ।

वडा नं. १ का वडाध्यक्ष नमोनारायण माझीले बालमैत्री वडाका लागि आवस्यक ३९ वटा सूचक पुरा भएपछि बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो ।

वडा भित्रका विद्यालय उमेर पुगेका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको बताउनुभयो । उहाँले ७० प्रतिशत किशोर किशोरीको विवाह उमेर नपुग्दै हुने गरेको अवस्थाबाट बालमैत्री वडा सम्म आईपुगेको बताउनुभयो ।

बाल मैत्री वडा घोषणामा वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले बालमैत्री वडाको अभियानमा २०७४ सालदेखि सहजीकरण शुरु गरेको थियो ।

३९ वटा सूचक र केही स्थानीय सूचकलाई पुरा गरेपछि बालमैत्री वडा घोषणा गर्न सफल भएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । बालमैत्री वडा घोषणा हुनेमा ग्रामथान १ मोरंगमा पहिलो भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३