प्रकाशित मिति : २६ पुष २०७६, शनिबार १८:४३

विराटनगर, २६ पुस । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीहरूले शनिवार पदभार ग्रहण गरेका छन् । विराटनगर–१० स्थित औषधी व्यवसायी संघ कोशी शाखाको भवनमा शाखाले आयोजना गरेको पदभार ग्रहण समारोहमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।

समारोहमा गत मंसिर २० गते भएको संघको निर्वाचनबाट निर्वाचित अध्यक्ष लक्ष्मी तिम्सिनालाई निर्वाचन समितिका संयोजक अधिवक्ता सुरेशलाल श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो ।

अध्यक्ष तिम्सिनाले सपथ ग्रहण लिएपछि उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु उपाध्यक्ष देशबन्धु ढकाल, महासचिब दिनेश ठाकुर, सचिब हरिराज रेग्मी, कोषाध्यक्ष विजयकुमार राजवंशी र सह–कोषाध्यक्ष पुष्पराज पोखरेललाई सपथ ग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष तिम्सिनाले नवनिर्वाचित सदस्यहरु अनिल चौधरी(शर्मा), सरिता चौधरी र प्रकाश धिमालाई सपथ ग्रहण गराउनु भएको थियो ।

सपथ ग्रहणपछि निर्वाचन समितिका संयोजक अधिवक्ता श्रेष्ठ, कोशी शाखाका अध्यक्ष कुमार खतिवडा, महासचिव हरिमोहन श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराउनु भएको थियो ।

पदभार ग्रहण समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष तिम्सिनाले औषधी व्यवसाय क्षेत्रमा देखा परेका विकृति र विसंगतीहरुको अत्य गर्दै मर्यादित र सम्मानित व्यवसाय बनाउन आफु र सिंगै कार्यसमिति लाग्ने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३