प्रकाशित : २३ पुष २०७६, बुधबार १७:३९


विराटगनर, २३ पुस । एनआइसी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनालाई सेवाग्राहीमाझ ल्याएको छ । बैंकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सर्वाधिक फाईदासहित योजना अघि सारेको जनाएको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले योजना अन्र्तगत खाता खोल्ने सेवाग्राहीले २१ लाख रुपैंयासम्मको बीमा सुविधा पाउने जानकारी दिनुभयो ।
सुविधा अन्र्तगत खातावालाको दुर्घटनामा निधन भएको खण्डमा वा पूर्ण रुपमा अशक्त भए १० लाखसम्मको बीमा सुविधा रहेको उहाँले बताउनु भयो ।
बैंकले १८ घातक रोगको लागि १० लाखसम्मको बीमा, औषधीउपचारका लागि १ लाख रुपैयासम्म बीमा उपलब्ध गराएको छ । बैंकले गोल्ड, सिल्भर, र डायमण्ड सिरिज गरि तीनवटा भिन्न बचत योजनाहरु समेत यस चमत्कारिक खातामा उपलब्ध रहेको छ ।
वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याजदर प्राप्त हुने खाताहरुमध्ये डायमण्ड बचत खातामा थप अन्य विशिष्ट सुविधाहरु रहेको बताइएको छ ।
बैंकले सेवाग्राहीलाई लक्षित गर्दै हालसम्म ३ सय १३ स्थानमा शाखा कार्यालय, ४ सय ८ स्थानमा एटिएम, १ सय ३ स्थानमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकमा करिब २० लाख ग्राहक रहेको दाबी गर्दै पाण्डेले ४५ वटा शाखारहित बैंकिङमार्फत सेवाप्रदान गर्दै आएको मुलुकको ठूलो शाखा सञ्जाल भएको बताउनु भयो ।