प्रकाशित : २२ पुष २०७६, मंगलवार १७:३२


विराटनगर, २२ पुस । सुनसरीको गढी गाउँपालिकामा बालविवाह विरुद्धको सचेतनामुलक सडक नाटक मञ्चन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य, गढी गाउँपालिकाको समन्वयमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले आयोजना गरेको कार्यक्रममा बालबालिकाहरुले गढी गाउँपालिकाको औरावनी र ऋषिदेव वस्तीमा नाटक प्रस्तुत गरेका हुन । उमेर नपुगी प्रेम विवाह गर्ने क्रम बढ्दो रहेको स्थानीय फूलवती ऋषिदेवले बताउनुभयो ।
बालविवाह नियन्त्रणका लागि सचेतनामुलक सडक नाटक गाउँपालिकाका हरेक वडामा गर्न आवस्यक रहेको वडा नं २ का वडाध्यक्ष अरुणकुमार चौधरीले बताउनुभयो ।
गढी गाउँपालिकामालाई आगामी २०७८ भित्रमा बालविवाह अन्त्य गर्नका लागि विभिन्न चेतनामुलक कार्यक्रमहरु भईरहेको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो ।