प्रकाशित : २२ पुष २०७६, मंगलवार १६:५८

विराटनगर, २२ पुस । आगामी पुस २७ र २८ गते विराटनगरमा शैक्षिक सफ्टवेयरको प्रर्दशनी गरिने भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालको आयोजनामा विराटनगरमा प्रर्दशनी गरिने भएको हो ।

प्रविधिमैत्री शिक्षक समाजमा आबद्ध रहेका शिक्षकहरुले तयार गरेका २० वटा सफ्टवेयरहरुको प्रदर्शनी गरिने तयारी गरिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । शिक्षा संवन्धिका आधुनिक सफ्टवेयर तयार गरिएको प्रविधिमैत्री शिक्षक समाजका शैक्षिक व्यवस्थापन समितिका संयोजक घनस्याम अधिकारीले बताउनुभयो ।

उहाँले ५० वटा सफ्टवेयरहरु तयार गरिएपनि प्रदर्शनीमा २० वटा मात्रै राखिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ २ दिनको कार्यक्रममा सवै सफ्टवेयर प्रर्दशनी गर्न संभव भएन ।’ प्रदर्शनी कार्यक्रमसँगै प्रविधिमैत्री शिक्षक समाज नेपालको प्रथम महाधिवेशन पनि गरिने भएको छ ।

महाधिवेशनबाट २३ सदस्यीय केन्द्रिय समिति चयन हुने बताईएको छ । समाजको ३२ जिल्लामा जिल्ला सम्पर्क समिति रहेको केन्द्रिय अध्यक्ष भूपति बश्यालले बताउनुभयो ।

महाधिवेशनमा ७७ जिल्लाबाटै प्रतिनिधि सहभागि हुने अध्यक्ष बश्यालले बताउनुभयो । उहाँका अनुसार करिव ७ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रविधिमैत्री शिक्षक समाजमा सामुदायिक र संस्थागत र उच्च माविका शिक्षकहरुहरु आवद्ध रहेको अध्यक्ष बश्यालले जानकारी दिनुभयो । १० वर्षभित्रमा झोलामुक्त विद्यालय बनाउने प्रदेश १ सरकारको अभियानमा समाजले पनि साथ दिएको उहाँले बताउनुभयो । प्रदर्शनी र महाधिवेशनको उद्घाटन सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३