प्रकाशित : २० पुष २०७६, आईतवार १७:१६

विराटनगर, २० पुस । प्रदेश १ मा सडकमा रहेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियानको शुरुवात गरिएको छ । शुक्रबार सुनसरीको धरानबाट शुरु गरिएको अभियानमा २९ जना बालबालिका सहित ४५ जनाको उद्धार गरिएको छ । धरानमा १४ जना र झापाको दमकबाट १५ जना बालबालिकाको उद्धार गरिएको छ ।

धरानबाट बालबालिकासँगै १८ वर्ष माथिका १६ जनाको पनि उद्धार गरिएको छ । बालबालिकाले खाना, लाउन र पठन–पाठन गर्न पाउने संवैधानिक अधिकारलाई व्यवहारिक कार्वान्वयका लागि सरकारले नै जिम्मा लिने नीति अनुसार अभियानको सुरुवात गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

कुनैपनि कारणले गर्दा नागरिकले सडकमा बस्नु पर्ने र बाँच्नुपर्ने अवस्थाको अन्त्यगर्ने संकल्प प्रदेश सरकारले लिएको मन्त्री घिमिरेले बताउनुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालबालिका खोजतलास समन्वय केन्द्रले सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश १ का मुख्य शहरका सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियान शुरुवात गरेको छ ।

अभियानमा स्थानीय सरकारले पनि साथ दिएका छन् । प्रदेश सरकारले शुरु गरेको अभियानलाई स्थानीय सरकारले निरन्तरता दिने झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

प्रदेश नं. १ का विभिन्न शहरबाट उद्धार गरिएका बालबालिकाको सुनसरीको इटहरीमा रहेको भ्वाईस अफ चिल्ड्रेन (भीओसी) मा स्क्रिनिङ गरेर आवस्यक कदम चालिने राष्ट्रिय बाल अधिकार परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुषालले बताउनुभयो ।

प्रदेश १ का मुख्य शहर सुनसरीको धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालबालिका रहेको सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले बताउनसभयो ।

देशभर ५ सय ३३ बालगृह मध्ये प्रदेश १ मा मात्रै २८ वटा रहेका छन् । १४ वटा भने अहिले सञ्चालनमा रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३