प्रकाशित : १८ पुष २०७६, शुक्रबार ०५:५३


विराटनगर, १८ पुस । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर १ बाट नेकपाले उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । सचिवालयको विहिबार बसेको बैठकमा विभिन्न प्रदेशबाट आएका नामहरुबाट छलफल भएको थियो ।
सचिवालय स्रोतका अनुसार १ नम्बर प्रदेशबाट गुरु बराल, गोपी अछामी र इन्दु गौतमको नाम करिव करिव पक्का भएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाले प्रदेश नम्बर २ मा २ जनाबाहेक रिक्त हुने १८ जनाको नाम टुंगो लगाउनुपर्नेछ ।
१९ मध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।