प्रकाशित : १७ पुष २०७६, बिहीबार १७:४४

विराटनगर, १७ पुस । सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएको भन्दै विराटनगर महानगरपालिका विरुद्ध सुकुम्बासीहरू आन्दोलित भएका छन् ।

महानगरले सूचना निकालेर सुनसरी–मोरङ सिचाइ आयोजनाको नहर र अन्य स्थानको सार्वजनिक जग्गामा संरचना बनाएर बसिरहेकाहरूलाई जग्गा खाली गराउन ३५ दिने अल्टिमेटम दिएको थियो । महानगरले पुस २७ गते विराटनगर–१ भट्टा चोकमा रहेका ८ वटा घर भत्काउने तयारी गरेको छ ।

महानगरले सूचना निकालेपछि आन्दोलित बनेका सुकुम्बासीहरूले आज विराटनगरमा प्रदर्शन र नाराबाजी गरे । मेयर भीम पराजुलीसहितका जनप्रतिनिधिले सुकुम्बासीलाई घरबारविहीन बनाउन खोजेको दाबी गर्दै सुकुम्बासीहरूले विराटनगर महानगरपालिका कार्यालय अगाडि धर्ना पनि दिएका छन् ।

धर्नापछि प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले विकल्प नदिएसम्म बसोबास गरेको स्थान नछोड्ने बताए ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगरकमिटिका अध्यक्ष बुद्धिमान लिम्बूले विराटनगरले जारी गरेको सूचना फिर्ता लिन माग गर्नु भयो । दीर्घकालीन समस्या सामधानको योजना बनाउनुपर्ने बताउँदै उहाँले सुकुम्बासीलाई जग्गा खाली गर्नुअघि पुर्नवासको व्यवस्था गर्नुपर्ने माग राख्नु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सुकुम्बासी संगठनको मागलाई विराटनगर महानगरपालिकाको बोर्ड बैठकमा पेश गर्ने जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३