प्रकाशित : १७ पुष २०७६, बिहीबार १७:२९

विराटनगर, १७ पुस । ओखलढुङ्गाका तेजबहादुर कार्की ५८ वर्षका भए । करिव २० वर्षअघि धादिङमा भएको सवारी दुर्घटनामा परेर उनले दुवै खुट्टा गुमाउनुपर्यो ।

२०५७ माघ २३ गते काठमाण्डौंबाट पुर्व आउँदै गरेको मकालु यातायातको वस दुर्घटनामा परेको थियो । दुर्घटनामा ३२ जनाले ज्यान गुमाए । दुर्घटनामा परि घाईते भएका उनको होस ३ महिनापछि आएको थियो । होस आउँदा दुवै खुट्टा उनीसँग थिएन । धेरैवेर रोए । दुर्घटनासँगै उनको जीविकोपार्जनको माध्यमपनि टुट्यो । उनी, दुर्घटनामा परेको वसको चालक थिए । उनी पहिल्यैको अवस्थामा सवारी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगे ।

दुर्घटनापछिका करिव ४ वर्ष उनले घरमै विताए । त्यसपछि उनलाई नयाँ काम गर्ने इच्छा भयो । उनले व्हीलचेयरमा विश्वयात्रा गर्ने सोच बनाए । विश्वयात्रामा निस्कनुअघि उनी नेपाल यात्रामा निस्किए । २०६१ जेठ ४ गते देखि उनले ओखलढुङ्गाबाट यात्रा शुरु गरे । नेपालका ७२ जिल्लाको भ्रमणपछि उनले विदेश यात्रा शुरु गरे ।

३३ वटा राष्ट्रको भ्रमण सकेपछि कार्कीलाई गिनिजवुकमा नाम लेखाउने मन भयो । त्यसका लागि उनी बुझ्न गए । नेपालका सवै जिल्लाको भ्रमण पुरा नभएकाले उनलाई आफ्नो देशको सवै जिल्लाको भ्रमण सकेर आउन भनियो । उनी नेपाल फर्कीए । बाँकी रहेका ५ जिल्लाको भ्रमण सकेर विदेश भ्रमणमा जाने कार्कीले बताए । कार्कीका अनुसार रुकुम पुर्व र पश्चिम, बारा, सर्लाही र धनुषा जिल्लाको भ्रमण बाँकी छ । कार्कीको व्हील चेयर यात्रामा सहयोगी २ जना छन् ।

बाराका ललितजन सार्की र साउने सार्की छन् । नेपाल भ्रमणको व्हील चेयर यात्रामा उनीहरुले सहयोगीको काम गरेका छन् । कार्कीले भने,‘विदेश यात्रा एक्लै गरिरहेको छ ।’ गैर आवासीय नेपाली संघले यात्रामा सहयोग गरेको उनले बताए ।

नेपालको भ्रमणमा यात्राका क्रममा अपाङ्ग महासंघ लगायतका सहयोगी संस्थाहरुले सहयोग गर्ने गरेको कार्कीले बताए । उनले दुर्गम जिल्लाको भ्रमण डोकोमा वसेर गरेको सुनाए । कार्कीले भने,‘ डोल्पामा सहयोगी साथीहरुले डोकोमा बोकेर घुमाए ।’

शारिरीक अपाङ्गता भएपनि जोखिमपूर्ण यात्रामा निस्केको कार्कीले बताए । उनले भने,‘ १ सय ३ देशको भ्रमण सकेर गिनिजवुकमा नाम लेखाएरै छोड्छु ।’

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३