प्रकाशित : १६ पुष २०७६, बुधबार १९:००

विराटनगर, १६ पुस । प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकारको पर्यटक भित्राउने अभियानमा सहभागी हुन आग्रह गर्नु भएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख अधिकारीले नेपाल सरकारको २० लाख पर्यटक र प्रदेश सरकारको ५ लाख पर्यटक भित्राउने अभियानमा सहभागि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा आग्रह गर्नुभएको छ । आन्तरितक तथा बाह्य पर्यटकलाई हृदयबाट स्वागत गर्न चाहेको उहाँले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

पर्यटकीय दृष्टिले साहसिक गन्तव्यका रुपमा रहेका सगरमाथा, कन्चनजंघा, ल्होत्से, लगायतका हिमश्रृखंलाहरुलाई विश्वभर चिनाउने अवसरको सदुपयोग गर्न योजनाबद्ध कार्यक्रम सञ्चालन गरेकोे भन्दै तीनै तहका सरकार, निजि क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसायी र सञ्चार माध्यमले गरेको कार्यको उहाँले उच्च मूल्यांकन गर्नुभएको छ ।

कोशी टप्पु, तालतलैया, झरना, गुफा, दह, सिमसारले प्रदेशको सुन्दरता थप्ने काम गरेको प्रदेश प्रमुख अधिकारीले बताउनुभएको छ ।

सहिदको इतिहास बोकेको प्रदेश १ ले राणाकाल देखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सम्मको राजनीतिक परिवर्तनका लागि अतुलनिय योगदान गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३