प्रकाशित : १६ पुष २०७६, बुधबार १७:४९


विराटनगर, १६ पुस । सुनसरीको कोशी गाउँपालिकाको भीमनगर नाकाबाट तीन दर्जन बढीको उद्धार गरिएको छ । सन् २०१७ को अक्टुबर देखि डिसेम्वर २०१९ सम्ममा ४१ बालबालिकाको उद्धार गरिएको हो ।
कोशी गाउँपालिका, नेपाल प्रहरी, प्लान इन्टरनेशनल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) द्धारा सञ्चालित सूचना केन्द्रकी काउन्सीलर बालकुमारी विश्वकर्माले बताउनुभयो ।
हराएका र हराउन सक्ने जोखिममा रहेका बालबालिकाहरुको संरक्षणका लागि स्थापना गरिएको सूचना केन्द्रमा गत अक्टोबर देखि डिसेम्वर सम्ममा मात्रै १२ जनाको उद्धार गरिएको काउन्सीलर विश्वकर्माले बताउनुभयो । गुल्मी, तेर्हथुम, झापा, मोरङ, सुनसरी, पाँचथर र उदयपुर जिल्लाका रहेको उहाँले बताउनुभयो ।
कोकनले २०७० सालदेखि मानवेचविखन विरुद्ध काम गरिरहेको कार्यक्रम संयोजक हेमन्त पौडेलले बताउनुभयो । मानव वेचविखन बढी हुने नाकाका रुपमा रहेपछि सूचना केन्द्र स्थापना गरिएको संयोजक पौडेलले बताउनुभयो । प्लान नेपाल र कोकनले शुरु गरेको सूचना केन्द्रलाई कोशी गाउँपालिका, नेपाल प्रहरीले पनि साथ दिएको उहाँले बताउनुभयो । सूचना केन्द्रले अहिले सम्म १ हजार ४ सय २० जनालाई सूचना दिएको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।
सूचना केन्द्र विहान ६ वजेदेखि साँझ ६ वजे सम्म खुल्ने गरेको छ । सूचना केन्द्रको सामाजिक विकास मन्त्रालय, प्लान नेपाल, कोशी गाउँपालिका, प्रहरी र सरोकारवाला व्यक्तिहरुले अनुगमन गरिएको छ ।
स्थापना गरिएको दुई वर्ष भित्रमा सूचना केन्द्रले उपलब्धिपूर्ण काम गरेको कोकन उपाध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो । २ जना जनशक्तिको भरमा काम भईरहेको उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका कानुन विज्ञ कोषराज न्यौपानेले बोर्डरको अन्य क्षेत्रको पनि अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले बोर्डरमा आवागमनबाट हुने मानव बेचविखन नियन्त्रणका लागि साँझेदारी गर्नु आवस्यक रहेको बताउनुभयो । बेचविखन नियन्त्रणका लागि कार्ययोजना हुनुपर्ने बताउनुभयो ।