प्रकाशित : १४ पुष २०७६, सोमबार १९:०२

विराटनगर, १४ पुस । सुनसरीको गढी गाउँपालिकामा बालविवाह विरुद्ध रणनीतिक योजना बारे छलफल गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र गढी गाउँपालिकाको समन्वयमा साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आयोजना गरिएको कार्यक्रममा बाल संरक्षण नीति र बाल विवाह विरुद्धको रणनीतिक योजनाबारे छलफल गरिएको हो ।

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले आगामी २०७८ साल भित्रमा गाढी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने गरि काम भईरहेको बताउनुभयो ।

शिक्षाका कमीले बालविवाहका घटना हुने गरेको उहाँले बताउनुभयो । बालविवाह अन्त्यका लागि गाउँपालिकाले विद्यालय–विद्यालयमा गएर सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको उहाँले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले बालविवाह मुक्त गाउँपालिका बनाउनका लागि विभिन्न नीतिहरुलाई अन्तिम रुप दिईसकिएको बताउनुभयो ।

वडा नंं ४ बाल विवाहमुक्त घोषणा भईसकेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले बाल विवाह अन्त्यका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । गाउँपालिकाले लिएको लक्ष्य भित्रै बालविवाहमुक्त घोषणा गरिने उहाँले बताउनुभयो । वडा नंं २ का वडाध्यक्ष अरुण चौधरीले बालबालिका संवन्धि बनाईएका नीति कार्यन्वयमा जोड दिनुभयो ।

नीति कार्यन्वयन हुन सकेमात्र कार्यक्रमले सफलता पाउने उहाँले बताउनुभयो । कोकन उपाध्यक्ष मञ्जिता उपाध्यायले बाल विवाह चुनौतिको रुपमा रहेको बताउनुभयो । उहाँले बालबालिकाले आँफुखसी गर्ने विवाह बढेको बताउनुभयो ।

अभियान तीव्र रुपमा चलिरहेकाले प्रदेश नंं १ मा गढी गाउँपालिकालाई पहिलो हुन सक्ने उहाँको भनाई छ । कार्यक्रममा बाल संरक्षण नीति र बाल विवाह विरुद्धको रणनीतिक योजनाबारे समूहगत छलफल गरि सुझाव लिईएको थियो ।

छलफल कार्यक्रमको सहजीकरण प्रदेश नंं १ को सामाजिक विकास मन्त्रालयका कानुन विज्ञ कोषराज न्यौपानेले गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३