प्रकाशित : १४ पुष २०७६, सोमबार १७:३७

विराटनगर, १४ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बहुमतका आधारमा पार्टीको महाधिवेशन मिति घोेषणा गर्नु त्रुटिपूर्ण रहेको बताउनु भएको छ ।

त्यसलाई सच्याएर सहमतिका आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने उहाँको माग छ । प्रेस युनियन मोरङले आज बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापति शेरबहादुर देउवा अघि बढ्न खोजेको आरोप लगाउनुभयो । नेता कोइरालाले महाधिवेशको मिति लम्ब्याउने भन्दा पनि सबैको सहमतिमा आगामी मंसिरमा महाधिवेशन गर्ने विषयमा सभापति सहमत हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यतालिका परिवर्तन गरेर सभापतिले महाधिवेशनका लागि उपयुक्त वातावरण बनाउनु पर्नेमा उहाको जोड छ । उहाँले नेपाली कांग्रेसको इतिहासमा बहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिल्यै नभएको भन्दै सहमति जुट्न नसकेका बोला घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून रहने बताउनु भयो ।

कोइरालाले आफूले पार्टी सभापतिको विरोध गरेको नभइकन एउटै पार्टी भएकाले मिलेर जानु पर्छ भन्ने धारणा राखेको बताउनु भयो । नेता कोइरालाले पार्टीलाई एक ढिका नबनाएसम्म आफूले राजनीतिक विश्राम नलिने उद्घोष गर्नु भयो ।

उहाँले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रुपमा दिनु संस्थागत भ्रष्टाचार भएको आरोप लगाउनुभयो । उहाँले सरकारले जग्गा लिजमा दिँदा पारदर्शी रुपमा टेन्डर आब्हान गरेर दिनु पर्ने बताउनु भयो । सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप कोइरालाको छ । दुई तिहाईको बलियो सरकार हुँदा पनि सभामुखको चयन गर्न नसक्दा संसद अवरुद्ध भएको उहाँको भनाइ थियो ।

मुलुकमा भ्रष्टाचार र महँगी बढेको भन्दै जनतालाई केन्द्रबिन्दुमा राखेर सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उहाँले औंल्याउनु भयो । उहाँले राजधानी र प्रदेशको नामाकरणका विषयमा प्रदेश सरकारले गर्नु पर्ने निर्णय नेकपाले गर्नुले पनि वर्तमान सरकार एकलौटी शासन व्यवस्थामा जान खोजेको प्रष्ट हुने जिकिर गर्नु भयो ।

कोइरालाले नेपाली जनतालाई अहिले सरकार छैन भन्ने भान भइरहेको दाबी गर्नु भयो । उहााँले हरेका विषयमा राष्ट्रपतिले राजनीतिक सक्रियता बढाउनु उपयुक्त नभएको धारणा राख्नु भयो । कोइरालाले राष्ट्रपति भनेको संवैधानिक भएकाले राष्ट्रपतिले आफनो गरिमामा ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३