प्रकाशित : १४ पुष २०७६, सोमबार १७:३५

विराटनगर, १४ पुस । चिसोले कठ्याङग्रिएर मृत्यु भएको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनारमा आज बिहान एक जनाको शव फेला परेको छ ।

उर्लाबारी–४ का ५४ वर्षीय सोमबहादुर रोक्काको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार यस वर्ष चिसोले कठ्याङ्ग्रिएर मोरङमा मानिसको मृत्यु भएको यो नै पहिलो घटना हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले खोलाको बगरमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएको बताउनु भयो । उहाँकाअनुसार उर्लाबारीमा एक्लै बस्दै आएका सोमबहादुरका परिवारका सबै सदस्य काठमाडौंमा छन् । सोमबहादुर पनि आफ्नो घरमा नबस्ने र मदिरा सेवन गरेर बाहिरफेरो डुली हिंड्ने गरेको पाइएको राईले बताउनु भयो ।

त्यही क्रममा हिजो साँझ अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तब्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यहीं मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी प्रहरीले दिएको छ । शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ । लगभग दुई सातादेखि दिनदेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट गरिब, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिका र विद्यार्थीहरु बढी प्रभावित बनेका छन् । विराटनगरको न्यूनतम तापक्रम आज ५.६ डिग्री मापन गरिएको छ ।

यो तापक्रम यस वर्षकै सबै भन्दा कम रहेको हावापानी फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले जानकारी दिनु भयो । उहाँकाअनुसार केही दिनदेखि तापक्रम निरन्तर ओरालो झर्ने क्रममा रहेका कारण चिसो अत्यधिक बढ्दै गएकाले जनजीवन कष्टकर बनिरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३