प्रकाशित : १२ पुष २०७६, शनिबार १६:२५

विराटनगर, १२ पुस । विराटनगरमा आज देखि तीन दिने पोडकाष्ट तालिम शुरु भएको छ । उद्योग संगठन मोरंग, अमेरिकन कर्नर विराटनगर, अमेरिकन ऐम्वेशी काठमाण्डौं र डाइनामिक युथ फोरमको संयूक्त आयोजनामा युवाहरुका लागि तीन दिने पोडकाष्ट तालिम शुरु भएको हो ।

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले कुनैपनि तालिमले आफुमा भएको सीपलाई थप परिमार्जित र परिस्कृत वनाउने भएकाले प्रत्येक युवाले तालिम लिई आफुलाई इच्छा भएको क्षेत्रमा काम गर्नु पर्ने बताउनुभयो ।

अध्यक्ष घिमिरेले सामाजिक रुपान्तरणमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सामाजिक विषय वस्तुलाई कसरी वढी भन्दा वढी प्रभावकारी ढंगबाट प्रस्तुत गरी सबैको ध्यान केन्द्रित गर्न सकिन्छ भन्ने विषयमा तीन दिने पोडकाष्ट तालिमले सिकाउने भएकाले युवाहरुलाई लक्षित गरी उद्योग संगठन मोरंगले अमेरिकन दुतावासको सहकार्य गर्दै तालिम आयोजना गरेको वताउनु भयो ।

जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेलले मानिसको वाचन गर्ने शैलीले श्रवण गर्ने मानिसलाइ आकर्षित गर्ने भएकाले आफुमा निहित वाचन शैलीलाई परिस्कृत गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

तीन दिने तालिमकोसहजीकरण गरिरहनु भएकी सञ्चारकर्मी सविना कार्कीले युवाहरुलाई लक्षित गरी आयोजना गरिएको तालिमले पोडकाष्टलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने वताउनु भयो ।

उद्योग संगठन मोरंगका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले समाजको रुपान्तरणमा संचार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले यस क्षेत्रमा भविष्य वनाउने चाहने युवाका लागि पोडकाष्ट तालिम अत्यन्त उपयोगि हुने विश्वास व्यक्त गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३