प्रकाशित : १२ पुष २०७६, शनिबार १६:१५

विराटनगर, १२ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ ।

सीप र संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको अध्यक्ष पुरीले बताउनुभयो । प्याब्सन विराटनगरको आज भएको प्रथम साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष पुरीले पुँजीको विकास गरि निजी विद्यालयहरू परिमार्जित गरि संस्थागत तरिकाले चलाउनुपर्ने बताउनुभयो ।

उहाँले विद्यालयलाई व्यवस्थित गरि भाडाको रुपमा सञ्चालन भएका भए पनि त्यसलाई सफा र आकर्षक तरिकाले संचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय प्याब्सनले शिक्षालाई सीपसँग जोडेर लैजाने विषयमा अगाडी बढीसकेको उहाँले जानकारी दिनुभयो । प्याब्सनमा अराजकहरुको भीड बढाउने पक्षमा नरहेको भन्दै अध्यक्ष पुरीले प्याब्सनलाई बैद्धिक, स्मार्ट र नमूना बनाएर अगाडी बढने बताउनुभयो ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्याब्सनलाई राजनैतिक तरिकाले नभएर व्यवसायिक रुपमा संचालन गरिनुपर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले महानगरपालिकाले शिक्षा ऐन बनाउने क्रममा रहेकोले बताउनुभयो ।

प्याब्सन विराटनगरगरमा महानगर क्षेत्रका ७० विद्यालय आवद्ध रहेको प्याब्सन विराटनग सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३