प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार १७:३९

विराटनगर, ११ पुस । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले आज एकै ठाउँबाट पक्राउ गरेको छ ।

जिल्ला इन्चार्ज मोरङको सुन्दरहरैंचा नगरपालिका–१० घर भएका ५१ वर्षीय नरेश चौलागाई र सेक्रेटरी विराटनगर महानगरपालिका–८ का ४१ वर्षीय क्षितिज पौडेललाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । उहाँकाअनुसार दुवै जना मोरङको बेलबारी नगरपालिकास्थित कसेनीबाट पक्राउ परेका हुन् ।

दुवै जनालाई हिरासतमा राखेर विस्तृत रुपमा अनुसन्धान थालिएको अधिकारीको भनाइ छ । बम विष्फोट, चन्दा आतंक लगायत ‘विप्लव’ समूहका नाममा यस अघि भएका विभिन्न खाले गतिविधीमा उनीहरुको संलग्नता रहेको पाइएको जानकारी उहाँले दिनु भयो ।

अधिकारीले पक्राउ परेकाहरुको साथबाट तत्काल केही पनि फेला नपरेको बताउँदै ‘सर्च’ भने बाँकी नै रहेको जानकारी दिनु भयो । ‘सर्च’पछि उनीहरुले पार्टी कामका सिलसिलामा प्रयोग गरेका वस्तुहरु फेला पर्न सक्ने प्रहरीको अनुमान छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३