प्रकाशित : ११ पुष २०७६, शुक्रबार ०७:११

विराटनगर, ११ पुस । अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको विराटनगरमा प्रदर्शन गरिदैछ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर १ र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्वर १ को संयुक्त आयोजनामा आज र भोली (पुस ११ र १२ गते) विहान ८ वजे देखी साँझ ७ वजे सम्म कञ्चनजंघा पार्टी प्यालेस विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रिहरुको प्रदर्शनी गरिदैछ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रर्दशनीको आज उद्घाटन गर्दैहुनुहुन्छ । अपाङ्ता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रिहरुको प्रदर्शनी तथा र प्रदेश भरिका अपाङ्ता भएका व्यक्तिहरुको बृहत भेलामा अधिकार सम्वन्धी सचेतनामूलक कार्यक्रम पनि राखिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्वर १ की अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको वृहत प्रदर्शनी गर्दै बजारीकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रदेश नं. १ मा राष्ट्रिय अपाङ्गमहासंघ नेपालमा ४३ वटा सदस्य सस्था रहेका छन् ।

प्रदेश नं १ समितिले विगत लामो समय देखी पुर्वाञ्चल क्षेत्रिय कार्यालयको रुपमा विभिन्न अभियानहरु सरकारी तथा गैरसरकारी साझेदार निकायहरुको सकृय समन्वय, सहकार्य, सहयोगवाट संचालन गर्दै आईरहेको कार्यक्रम अधिकृत विमल वस्नेतले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३