प्रकाशित : १० पुष २०७६, बिहीबार ०५:५३

विराटनगर, ९ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रभित्र रहेको गैर क्रियालापलाई अन्त्य गरिने बताउनु भएकोछ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा बुधबार विराटनगरमा आयोजित ‘स्वास्थ्य जीवन प्रवद्र्धन अभियान शुभारम्भ अभियान– २०७६’ को घिऊ कुमारीको विरुवामा सिंचित गरी उद्घाटन गर्दै उहाँले जनतासंग प्रत्यक्ष सरोकारको राख्ने यस क्षेत्रमा रहेका वेथितिलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारीलाई स्थानीय निकायमा प्रशासन क्षेत्रमा समायोजन गर्नु गलत हो भन्दै मन्त्री ढकालले यस लागि पुनः समायोजन प्रक्रिया खुल्ला गरेको जानकारी दिनु भयो ।

स्वास्थ्यमन्त्री ढकालले कोशी अस्पतालको नाम विज्ञापन गरी निजी स्वार्थका लागि क्लिनिक सञ्चालन गरिरहेका अस्पतालका चिकित्सकहरुलाई अनुगमनको फेला पारेको बताउदै यस्ता गलत क्रियाकलापलाई नियन्त्रण गरी सुविधा सम्पन्न रुपमा जनताको अस्पताल बनाउने कार्यमा आफनो प्रतिवद्धता रहने धारणा व्यक्त गर्नु भयो ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको वजेट विगतमा अस्पताल, स्वास्थ्य चौकीमा खर्चमा भएकोमा अव रोग लाग्न नदिनका लागि ‘स्वास्थ्य प्रवद्र्धन अभियान’मा खर्च गरिने जानकारी दिदै यस अभियानलाई सफल कार्यान्वयनमा ल्याउन जनप्रतिनिधिले ठुलो भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले रोगको जडको रुपमा रहेको सूर्तिजन्य पदार्थ नियन्त्रण अभियान महानगरपालिकाको सहयोगमा सञ्चालन प्रदेश राजधानी विराटनगरवाट शुरु गर्ने जानकारी दिदै सवै स्थानीय निकायले कानूनको कार्यान्वयनवाट यसलाई नियन्त्रण गर्न आग्रह गर्नु भयो । मन्त्री घिमिरेले प्रदेशमा अहिले तीन प्रतिशतले स्वास्थ्य वीमा गरेको जानकारी दिदै यसलाई जागरण अभियान सञ्चालन गरी शतप्रतिशत पुर्याएमा यस क्षेत्रमा रहेको अस्पतालको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

अभियान शुभारम्भ कार्यक्रममा मन्त्रालयका सचिव वीरवहादुर साई,प्रदेश सदस्य ओमप्रकाश सरावगी, पूर्व सांसद गुरु बराल, मादी नगरपालिका र कन्काई नगरपालिका प्रमुखद्वय विदुर सुव्वा र राजेन्द्रप्रसाद पोखरेलले विद्यालय शिक्षामा प्राकृतिक र योग शिक्षालाई २५ पूर्णाङ्कको राख्नु पर्नेमा जोड दिनु भयो । शुभारम्भमा मन्त्रालयका सचिव राई र पूर्व राजदूत महेशकुमार मास्केले स्वास्थ्य जीवन र स्वास्थ्य जीवन कार्यक्रम केहि विचार र सुझाव विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

‘स्वास्थ्य जीवन प्रणाली’ अभियानलाई प्रदेशका १४ जिल्लामा आहार, विहार र विचारको रुपमा एक घर पाँच योग, पाँच जडिवुटी, पाँच सकारात्मक सोचलाई वडास्तरमा शुभारम्भ गरिने भएको छ ।

यसका लागि प्रदेशमा मन्त्रीस्तर, जिल्लामा प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायमा प्रमुख र वडामा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी आगामी फागुन महिनाभित्र निर्देशिका लागु पर्ने हिजो यहाँ प्रतिवद्धता व्यक्त गरियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलामा अध्याधिक हुने पाठेघर मुखको क्यान्सर परीक्षण स्थानीय स्वास्थ्य चौकीमा निःशुल्क गर्नुका साथै सात वटा अस्पतालमा उपचारको व्यवस्था छ भने यस वर्षमा थप १४ वटा गर्ने व्यवस्था मिलाइएको सोही अवसरमा जानकारी दिइयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३