प्रकाशित : ९ पुष २०७६, बुधबार १७:००

विराटनगर, ९ पुस । प्रदेश नं. १ मा सन् २०२० भित्रमा ५ लाख पर्यटक भित्राईने भएको छ । ५ लाख पर्यटक भित्राउने गरि उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले आफ्ना कार्यक्रमहरु अघि बढाएको छ ।

भ्रमण वर्षको आगामी पुस १६ गते शहिद मैदान विराटनगरमा प्रदेश स्तरिय उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिशप्रसाद कुसियतले जानकारी दिनुभयो । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कुसियतले भ्रमण वर्षलाई व्यापक बनाउने गरि तयारी तीव्र पारिएको बताउनुभयो ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको र सोही अभियानलाई सार्थक बनाउन प्रदेश सरकारले ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको मन्त्री कुसियतले बताउनुभयो । उद्घाटनका दिन प्रदेश नं. १ का विभिन्न जातजातिको झाँकी प्रर्दशन गर्ने र नमूना पर्यटन गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा करिव १० हजारको सहभागिता रहने उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रमका दिन प्रदेश नं. १ सँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायीलाई पनि सहभागिताका लागि निमन्त्रणा गरिएको उहाँले बताउनुभयो । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमितिहरु बनाएर काम गरिरहेको छ ।

नेपाल सरकारले घोषणा गरेको १ सय वटा पर्यटकीय गन्तव्यको सूचीमा प्रदेश नं. १ मा १६ वटा स्थल रहेका छन् ।

पर्यटकीय गन्तव्य स्थलमा पुग्नका लागि सहज होस भनेर भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले १ अर्व बढी रकम विनियोजन गरि काम गरिरहेको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३