प्रकाशित : ५ पुष २०७६, शनिबार १७:४१

विराटनगर, ५ पुस । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आगामी १० बर्ष भित्रमा प्रदेशलाई स्वच्छ र समृद्ध बनाउने लक्ष्यसहित सरकारले काम गरिरहेको बताउनुभएको छ ।

मोरङको कटहरी गाँउपालिकास्थित राजवंशी समाज विकास समितिको २६ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री राईले देशभरिमै प्रदेश एक सबैभन्दा बढी सम्भावना र विशेषता बोकेको प्रदेश रहेको बताउँदै ती बिशेषताहरुलाई समृद्धिको आधार बनाएर सरकार अघि बढेको बताउनुभयो । उहाँले भौतिक विकासलाई मात्र समृद्धिको आधार बनाउने नभई प्रदेशभित्रका विविध भाषाभाषी र जातजाती तथा संस्कृतिलाई समेत संरक्षण र विकासगर्ने कार्य शुरु भएको उल्लेख गर्नुभयो ।

यसअघि मुख्यमन्त्री राईले राजवंशी विकास समितिको भर्खरै निर्माण सम्पन्न भएको भवनको उद्घाटन गर्नुभएको थियो । सो ठाँउमा समितिले प्रदेश सरकार र स्थानियको संयुक्त ८० लाखको लगानीमा कार्यालय भवन निर्माण गरेको हो ।

सो अवसरमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले राजवंशी समुदायबाट विभिन्न क्षेत्रमा सफलता हासिल गरेका १० जना ब्यक्तीलाई मायाको चिनो सहित सम्मान गर्नुभयो । स्थापना दिवसको तीन दिने कार्यक्रम अन्र्तगत भोली समापनकादिन राजवंशी समुदायका मौलिक नृत्य र गीतहरुको मौलिक कार्यक्रम गरिने राजवंशी समाज विकास समितिका अध्यक्ष भीमराज राजवंशीले जानकारी दिनुभयो ।

समितिको स्थापना दिवसमा सहभागि हुन भारतको बंगाल, बिहार र आसामका राजवंशी समुदायका प्रतिनिधि समेत सहभागि भएका छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३