प्रकाशित : ५ पुष २०७६, शनिबार १७:३९

विराटनगर, ५ पुस । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फ्युचर स्कूलले हात पारेको छ ।

११ औं सस्करणसम्म आइपुग्दा पाँचौ पटक उपाधि जितेको छ । व्राइट फ्युचर ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात पारेको हो । साविक विजेता सुन्दर हरैचाको पूर्वाञ्चल एकाडेमीले ३ स्वर्णपदक, १ रजत र १ कास्य ल्याउँदै २० अंकका साथ दोस्रो स्थान सुन्दरहरैचाकै मदरल्याण्ड स्कूलले ३ स्वर्ण र १ रजतका साथ १८ अंक ल्याउँदै तेस्रो, सुन्दरहरैचाकै वालसदनले २ स्वर्ण र २ रजतका साथ १६ अंक ल्याउँदै चौथो, ग्रामथानको जनक मेमोरियल स्कूलले १ स्वर्ण, ३ रजत र १ कास्यका साथ १६ अंककासाथ पाँचौे तथा रतुवामाईको मुनाल आदर्शले २ स्वर्ण र १ रजत ल्याउँदै १३ अंकका साथ छैटौ स्थान हात पारेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताउनुभयो । प्याब्सन् स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुटा–छुटै भलिबल प्रतियोगिता पनि समावेश गरिएको थियो । छात्र र छात्रा दुवै तर्फ भलिबल कप हुनेछ ।

१ सय ५१ वटा प्याब्सनसँग आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागि रहेको प्याब्सन मोरङका सचिवप्रेमलाल सिंह सुवालले जानकारी दिनुभयो ।

विजयी खेलाडीलाई जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सन केन्द्रीय सचिवालय सदस्य बासुदेव न्यौपाने , प्याव्सन प्रदेश १ का वरिष्ट उपाध्यक्ष टिकाराम ढकाल, अभिवाक संघ प्रदेश १ का अध्यक्ष देवि पन्थी, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत लगायतले पुरस्कार तथा ट्रफि वितरण गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३