प्रकाशित : ४ पुष २०७६, शुक्रबार १८:३३

विराटनगर, ४ पुस । विराटनगरको बाल कल्याण विद्या मन्दिर (वीकेभिएम) स्कुलले जेसिज टेष्टी टेष्टी क्वीज प्रतियोगिताको उपाधि जितेको छ ।

आज सम्पन्न फाईनल खेलमा ५ वटा विद्यालयलाई पन्छाउँदै वीकेभिएमले उपाधि जितेको हो । गत मंसिर ३० गते देखि विराटनगर जुनियर जेसिजको आयोजनामा विराटनगरमा शुरु भएको जेसिज टेष्टी टेष्टी क्वीजको २४ औं संस्करणको उपाधि वीकेभिएमलेले उचालेको हो । प्रतियोगितामा सुनसरी तरहराको शहिद स्मृति स्कुल दोश्रो भयो ।

विराटनगरको आदर्श माविले प्रतियोगितामा तेश्रो स्थान हासिल गर्यो । प्रतियोगिताका विजेता विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ठाकुरप्रसाद ज्ञवाली, नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष मिलन पौडेल, निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का केन्द्रिय अध्यक्ष टीकाराम पुरीले संयुक्त रुपमा नगद पुरस्कार तथा ट्रफी वितरण गर्नु भएको थियो । प्रतियोगितामा प्रथम भएको वीकेभिएमले ३० हजार जितेको छ ।

दोश्रो हुने शहिद स्मृतिले २० हजार र तेश्रो भएको आदर्शले नगद १० हजार हात पारेको छ । कार्यक्रममा शिक्षासेवी टिकाराम पुरी, बासु न्यौपाने र राजेश दासलाई सम्मान गरिएको थियो । कावरा ग्रुपको टेष्टी टेष्टी विस्कुटको प्रायोजनमा विराटनगर जुनियर जेसिजले २३ बर्षदेखि प्रतियोगिता गर्दै आएको अध्यक्ष दीपा ओडारीले बताउनुभयो ।

प्रतियोगिताको क्वीज सञ्चालन विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठले गर्नु भएको थियो । क्वीज प्रतियोगितामा प्रदेश नं. १ र २ का ३६ विद्यालय सहभागि थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३