प्रकाशित : ४ पुष २०७६, शुक्रबार १८:३१

विराटनगर, ४ पुस । किशोरी परियोजनाको आज विराटनगरमा समीक्षा कार्यक्रम गरिएको छ । वल्र्ड भिजन इन्टरनेशलको सहयोगमा नारी विकास संघ विराटनगरले सञ्चालन गरेको परियोजनाको बार्षिक समीक्षा तथा प्रतिवेदन सेयरिङ कार्यक्रम गरिएको हो । कार्यक्रममा परियोजनाबारेको अध्ययन प्रतिबेदन अनुसंधानकर्ता रमेश अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

मोरंगको कटहरी, बुगीगंगा र ग्रामथानमा सञ्चालित परियोजनाले किशोरीहरुमा धेरै परिवर्तन ल्याउन सकिएको बताईएको छ । परियोजना शुरु भएपछि महिनाबारीका समयमा विद्यालय नआउने अवस्था कम रहेको पाईएको अनुसंधानकर्ता अधिकारीले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मोरंगका प्रमुख नरेश पोखरेलले गैरसरकारी संस्थाले छोटो अवधिका लागि परियोजना सञ्चालन गर्ने भएकोले स्थानीय तहले कार्यक्रम कार्यन्वयनमा लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले गैरसरकारी संस्थाको मुख ताक्ने प्रबृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझी, ग्रामथान गाउँपालिकाकी उपप्रमुख फूलकुमारी चौधरीले परियोजनाले शुरु गरेका कार्यक्रमको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयमा आधारित लैगिक हिंसा (अबेशा) परियोजनाको पनि समिक्षा गरिएको थियो । सो परियोजना बहुउद्देशीय व्यवस्थापन सेवा नेपाल (एमडिएमएस) ले सञ्चालन गरेको छ । कार्यक्रममा परियोजना सञ्चालनमा सहयोग पुर्याउन विभिन्न विद्यालय तथा स्वास्थ्य केन्द्रलाई कदर पत्रले सम्मान गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३