प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १७:२१

विराटनगर, ४ पुस । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत आज विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ ।

आज सम्पन्न भएको खेलमा सुन्दरहरैचाको व्राइटफ्युचर, सुन्दरहरैचाकै वालसदन र रतुवामाईको मुनाल आदर्शले २ गोल्ड र १ रजतसहित १३ अंककासाथ पहिलो स्थानमा रहेको छ । सुन्दरहरैचाको पूर्वाञ्चल एकाडेमीले २ गोल्ड र १ कास्यकासाथ दोस्रो स्थानमा रहेको छ ।

आजै भएको हाइजम्प छात्रतर्फ भृकुटी मोडेका सन्दीप लिम्बुले स्वर्ण, वालसदनका विश्व चौधरीले रजत र सगरमाथाका शिसिर यादवले कास्य पदक हात पारेका छन् भने वाल सदनकी कञ्चन कार्कीले स्वर्ण, व्राइटफ्युचरकी पुरन विष्टले रजत तथा सुमिजसमिरकी रुमिषा वास्तोला र जनक स्कूलकी कृति माझीले सम्युक्त रुपमा कास्य पदक हात पारेकाछन् । त्यस्तै सटपुट छात्रतर्फ मुनाल आदर्शका सुवास ताजपुरीयाले स्वर्ण, गौतमबसद्धका महमद शाहरुख खानले रजत र रिलायन्सका दिगन मगरले रजत पदक जिते भने छात्रातर्फ मुनाल आदर्शकी सुजता ताजपुरीले स्वर्ण, माउण्ट एभरेष्टकी अस्मीता धिमालले रजत र पूर्वाञ्चल एकाडेमी सुन्दरहरैचाकी कृपा सार्कीले कास्य पदक हात पारेकी छिन् ।

त्यसैगरि ८ सय मिटर दौड छात्रतर्फ सुन्दरु हरैचाका व्राइटफ्युचरका सुजन चौधरीले स्वर्ण, शिक्षा सदनका नमन पुरीले रजन र राष्ट्रनिमार्णका प्रदिप देउजाले कास्य पदक हात पारेका छन् भने छात्रातर्फ व्राइटफ्युचरकी सोभा कार्कीले स्वर्ण, सिद्धार्थकी प्रमिसा मगरले रजत र शिशु शिक्षा सदनकी नुना थापाले कास्य पदक हात पारेकी छिन् । त्यस्तै ज्याभिङ थ्रो छात्रतर्फ पूर्वाञ्चल एकेडमी सुन्दर हरैचाका देवान तामाङले स्वर्ण, ग्रिनल्याण्ड स्कूलका सुवेज यादवले रजत र माउण्ट मकालु रंगलीका दिपेश राजवंशीले कास्य पदक जिते ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३