प्रकाशित : ४ पुष २०७६, शुक्रबार १७:०७

विराटनगर, ४ पुस । प्रदेश १ का लघु उद्यमीले आफूहरुको रेखदेखका लागि छुट्टै प्राधिकरण गठन हुनु पर्ने आवाज उठाएका छन् । उद्यमीहरूलाई हेर्ने घरेलु कार्यदल भए पनि राज्यले प्राधिकरण गठन गरेर रेखदेख गर्दा मात्रै आफूहरुको समस्याको अन्त्य हुने ठहर लघु उद्यमीको छ ।

लघु उद्यम महासंघ नेपाल प्रदेश १ ले विराटनगरमा आज आयोजना गरेको लघु उद्यमी तथा ठूला व्यवसायीहरुबीच बजार विस्तार सम्बन्धी अन्तरक्रियाका सहभागीले वस्तुको बजारीकरण मुख्य समस्या रहेको गुनासो गरे । उत्पादन भएका वस्तुको बजारीकरणदेखि सबै खाले समस्या समाधान गर्न प्राधिकरण गठनतर्फ सरकार लाग्नु पर्ने लघु उद्यमीको माग छ ।

उनीहरुले वस्तुको बजारीकरणसँगै लेवलिङ र ग्रेडिङ प्याकेजिङ जस्ता समस्याहरु आफूहरुले भोगिरहेको उल्लेख गरे । लुघ उद्यम महासंघ प्रदेश १ का अध्यक्ष लक्ष्मण बुढाथोकीले उत्पादन भएको वस्तुको बजारीकण अहिलेको प्रमुख समस्या रहेको बताउनु भयो ।

लघु उद्यामीले उत्पादन गरेका वस्तुको प्याकेजिङ र लेबलिङलाई आकर्षक बनाउन राज्यले औजारीकण र उपकरण निर्यातमा जोड दिनु पर्ने उहाँको माग छ । लघु उद्यमी तथा तेह्रथुमको लालिगुराँस नगरपालिकाकी उप–प्रमुख तीला भट्टराईले उत्पादन भएका वस्तुको निर्यात र बजारीकरणमा राज्यले उचित हिसाबको नीति निर्माण गर्नु पर्ने माग गर्नु भयो ।

अर्का लघु उद्यमी टीका तोक्लेनले उत्पादित वस्तुको मूल्य निर्धारण, वस्तुको भण्डारण तथा भण्डारणस्थल अभावको पनि समस्या रहेको बताउनु भयो । लघु उद्यमीले उत्पादन गरेका वस्तुको निर्यातमा राज्यले सहजता प्रदान गर्न नसकेको उहाँको गुनासो छ ।

प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राईले प्रदेश सरकारले औद्योगिक व्यवसायिक ऐन बनाउने तयारी गरिरहेको बताउँदै यो ऐन बनेपछि सबै खाले उद्यम गर्नेहरुलाई सजिलो हुने जानकारी दिनु भयो ।

राज्यले ऐन र नियमावली बनाएपछि लघु उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण, मूल्य निर्धारण, प्याकेजिङ र लेबलिङ लगायत कुनै पनि कुरामा समस्या नरहने र सहज हुने उहाँको जिकिर छ । उहाँले उत्पादनको गुणस्तर मापन गर्ने उपकरण पनि सरकारले व्यवस्था गर्ने जानकारी दिनु भयो । बाणिज्य बैंक प्रदेश १ का प्रबन्ध निर्देशक रिसव भट्टराईले लघु उद्यमीहरूलाई बैंकले सातवटा शीर्षकमा कर्जा प्रवाह गर्दै आएको जानकारी दिनु भयो ।

हासम्म १ सय ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भइसकेको उहाँको भनाइ छ । अन्तरक्रियामा प्रदेश १ का १२ जिल्लाका ३० जना लघु उद्यमीहरूको सहभागिता थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३