प्रकाशित : ४ पुष २०७६, शुक्रबार ०६:३५

विराटनगर, ३ पुस । विराटनगरमा सम्पन्न फोटो पत्रकार महासंघको अध्यक्षमा ध्रुव आले निर्वाचिन हुनु भएको छ । प्रथम अधिवेशनले आलेको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको छ ।

महासंघको उपाध्यक्षमा सागर श्रेष्ठ, महासचिवमा हरिप्रसाद रेग्मी, सचिवमा बालकृष्ण थापा, सहसचिवमा नरेश श्रेष्ठ, कोषाध्यक्षमा रत्नकृष्ण श्रेष्ठ र सह कोषाध्यक्षमा नविन पौडेल निर्वाचित हुनु भएको छ । सदस्यहरुमा प्रदेश नं. १ बाट उपेन्द्र चाम्लिङ र नविन उप्रेती, प्रदेश नंं २ बाट जीतलाल श्रेष्ठ, प्रदेश नं. ३ बाट जीवन लामा, गण्डकी प्रदेशबाट मञ्जुल शाक्य र विशाल सुनार, कर्णाली प्रदेशबाट राजबहादुर शाही र सुदुर पश्चिमबाट रामसिंह थामी निर्वाचित हुनु भएको छ ।

बाँकी २ जना सदस्य केन्द्रिय समिति बैठकले गर्ने भएको छ । यसैवीच महाधिवेशनका अवसरमा २ जना पत्रकारलाई पुरस्कृत गरिएको छ । विराटनगरका पत्रकार मोहन भण्डारी र सुनसरीका पत्रकार हर्ष सुब्बालाई जनही २१ हजार राशीको पुरस्कार प्रदान गरिएको हो । उहाँहरुलाई मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा पुरस्कृत गर्नु भएको थियो ।

महाधिवेशनमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानून मन्त्री कार्की, पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेकपा मोरंग अध्यक्ष ऋषिकेश पोखरेल, नेपाली काँग्रेस मोरंगका सचिव मोदराज घिमिरे, पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईटेल, मोरंग अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३