प्रकाशित : ३ पुष २०७६, बिहीबार १४:१८


विराटनगर, ३ पुस । नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय महाधिवेशन विराटनगरमा आजदेखि विराटनगरमा शुरु भएको छ । प्रथम राष्ट्रिय महाधिवेशनको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । भोली सम्म चल्ने महाधिवेशनले १७ सदस्यीय केन्द्रिय समिति चयन गर्ने छ ।
विराटनगरको अथिति सदनमा जारी महाधिवेशनमा अहिले बन्द शत्र चलिरहेको छ । महाधिवेशनमा ६४ जिल्लाबाट करिव २ सय प्रतिनिधि सहभागि भएको फोटो पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष सञ्जीव खनालले बताउनुभयो । महाधिवेशनका अवसर २ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।
विराटनगरका पत्रकार मोहन भण्डारी र सुनसरीका पत्रकार हर्ष सुब्बालाई जनही २१ हजार राशीको पुरस्कार प्रदान गरिएको हो । उहाँहरुलाई मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा पुरस्कृत गर्नु भएको थियो ।
महाधिवेशनमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानून मन्त्री कार्की, पत्रकार महासंघका महासचिव रेमश विष्ट, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेकपा मोरंग अध्यक्ष ऋषिकेश पोखरेल, नेपाली काँग्रेस मोरंगका सचिव मोदराज घिमिरे, पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईटेल, मोरंग अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
महाधिवेशनका प्रतिनिधिलाई भोली बुधनगरमा रहेको विराटराजाको दरवार, वर्जु गाउँपालिकामा रहेको बर्जु ताल र कोशी टप्पु बन्यजन्तु आरक्षको अवलोकन गराईने कार्यक्रम रहेको फोटो पत्रकार महासंघ प्रदेश १ अध्यक्ष खनालले बताउनुभयो ।