प्रकाशित : २ पुष २०७६, बुधबार १७:४४

विराटनगर, २ पुस । धनकुटाको हिलेमा सम्पन्न कोशी करिडोरका जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भेलाले विभिन्न १३ बुँदे हिले घोषणापत्र जारी गरेको छ ।

मंसिर २१ गते सम्पन्न भएको भेलाको घोषणापत्र आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । घोषणा पत्रमा सुनसरीको अमडुवा स्थित साल्ट ट्रेडिङको स्वामित्वमा रहेको ६५० बिघा जग्गामा औद्योगिक ग्राम, औद्योगिक उत्पादन र कृषि उपजको प्रदर्शनीका लागि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न माग गरिएको छ ।

सरकारले यस वर्षदेखि लागु गरेको प्रावधानहरु पूर्वाधार अभाव र व्यवसायीलाई जानकारी नहुँदा कार्यान्वयनमा कठिन भएको भन्दै सूसुचित गरेर मात्र कार्यान्वयन गर्न माग गरेको छ । भेलाले बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजले समस्या बढाएको भन्दै बैंक र बिमा कम्पनीहरुको अघोषित सिण्डीकेट तोडेर उद्योगमा बढिमा ७ प्रतिशत र वाणिज्य व्यापारमा ९ प्रतिशतमा ब्याजमा नबढाई सरलिकृत कर्जा उपलब्ध गराउन माग गरेको छ । यस्तै नापतौलका सन्दर्भमा सामान्य मानवीय त्रुटीमा पनि अपराधिलाई झै जेल सजाय समेतको प्रावधानलाई सच्याउन आग्रह गरेको छ ।

खुला सीमाका कारण हुने चोरी निकासीलाई पूर्णरुपमा बन्द गर्न तथा स्वदेशी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न भन्सार कडाई गर्न माग भेलाले जोड दिएको छ । यस्तै उद्योग वाणिज्य क्षेत्र मुलुकको आर्थिक विकासको सहयात्री समेत रहेको भन्दै उद्योगी व्यवसायीहरुलार्य राज्यले निर्दिष्ट गरेको नीति नियम र प्रावधानहरु सिक्दै पालना गर्न आव्हान गरेको छ ।

उद्योग वाणिज्य संघको भेलाले साना उद्योगहरुलाई करका सम्बन्धमा दिइएको हालको २० लाखको थ्रेसहोल्डलाई बढाएर कम्तीमा रु ५० लाख सम्म पुर्याउन आग्रह गरेको छ ।

यस्तै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संंयुक्त पहलमा गठन भएको कार्यदलले प्रधानमन्त्री र अर्थमन्त्रीलाई पेश गरेको प्रतिवेदन अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

भेलाले उद्योगी व्यवसायीका साझा समस्याहरुको पहिचान र समाधानका लागी कम्तीमा ६/६ महिनामा यस्तै संयुक्त भेला गर्ने, घोषणापत्रका मागलाई समेटेर प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र तीनै तहका सरकारलाई औद्योगिक र आर्थिक विकासका लागी सकारात्मक सहयोग पुर्याउने निर्णय गरेको छ ।

भेलामा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, सुनसरी उद्योग वाणिज्य संघ, इटहरी, इनरुवा,धनकुटा,भोजपुर, संखुवासभा, उर्लाबारी, कोशीहरैचा उर्लाबारीलगायतका उद्योग वाणिज्यसंघका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३