प्रकाशित : २ पुष २०७६, बुधबार १७:३४

विराटनगर, २ पुस । विराटनगरमा जारी अन्तर विद्यालय स्तरिय क्वीज प्रतियोगिताको क्वाटर फाईनल चरणका खेलहरु सकिएको छ । ६ वटा समूहबाट १२ वटा विद्यालय सेमीफाईनलमा पुगेका छन् ।

विराटनगर जुनियर जेसिजको आयोजनामा जारी २४ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टी टेष्टि क्वीज प्रतियोगिता अन्र्तगत आज क्वाटरफाईनल चरणमा ४ वटा विद्यालय सेमीफाईनलमा पुगेका छन् ।

समूह ‘डि’ बाट सुनसरीको शहिद समृति र विराटनगरको मोर्डनएरा तथा समूह ‘ई’ बाट विराटनगरको जेम्स इन्टरनेशनल र सुनसरीको महर्षी स्कुल अघिल्लो चरणमा प्रवेश गरेका छन् । समूह ‘डि’ मा विराटनगरमोर्डनएरा, सरस्वती मावि, पाथिभरा स्कुल, वाई पोइन्टीङ, सप्तकोशी र सहिद स्मृतिवीच प्रतिष्पर्धा भएको थियो ।

सो समूहबाट शहिद स्मृति प्रथम र मोर्डनएरा दोश्रो हुँदै सेमीफाईनलमा पुगेका हुन । मूह ‘ई’ बाट सुनसरीको जनक स्मृति, महर्षी स्कुल, द राईजिङ, विराटनगरका सेन्टजोसेफ, मार्टस र जेम्स इन्टरनेशनलवीच प्रतिष्पर्धा भएको थियो ।

सो समूहबाट जेम्स इन्टरनेशनल प्रथम र महर्षी स्कुल दोश्रो हुँदै सेमीफाईनलमा स्थान सुरक्षित गरेका हुन । भोली फाईनल प्रवेशका लागि १२ वटा विद्यालयले प्रतिष्पर्धा गर्ने विराटनगर जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले बताउनुभयो ।

गत मंंसिर ३० गतेदेखि जारी प्रतियोगितामा प्रदेश नं. १ र २ का सामुदायिक र संस्थागत गरि ३६ विद्यालयले सहभागिता जनाएको अध्यक्ष ओडारीले बताउनुभयो ।

प्रतियोगीतामा प्रथम हुने विद्यालयले नगद ३० हजार, दोश्रो हुने विद्यालयले २० हजार र तेश्रो हुनेले १० हजार नगद सहित ट्रफी हात पार्ने आयोजकले बताएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३