प्रकाशित : २ पुष २०७६, बुधबार १३:३५

विराटनगर, २ पुस । विराटनगरको सप्तकोशी नर्सिङ होम एवं अस्पताल प्रालिमा शल्यक्रिया गरेर प्रसूति गराइएकी एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।

चिकित्सकले सावधानीपूर्वक रुपमा शल्यक्रिया नगर्दा अत्यधिक रक्तश्राव भएर विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी कटुवालको मृत्यु भएको गुनासो आफन्तको छ ।

प्रसूतिका लागि गत शुक्रबार साँझ सप्तकोशीमा भर्ना गरिएकी मेनुकाको भोलिपल्ट बिहान डा. योगेन्द्र मिश्र नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी मेनुकाको थप उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गयराति ९ बजे मृत्यु भएको हो । शल्यक्रियापछि अत्यधिक रक्तश्राव हुनुका साथै पिसाव बन्द भएको र सुत्केरीको अत्याधिक पेट पोलेको देवर उमेश कटुवालले बताउनु भयो ।

समस्या बढ्दै गएपछि डा. मिश्रले नै सुत्केरी मेनुकालाई गत शनिबारराति धरान रेफर गर्नु भएको थियो । उमेशका अनुसार धरान पुर्याएर थप उपचार थालिए पनि त्यतिबेलै चिकित्सकले बिरामी बचाउन सक्ने अवस्था नभएको भन्दै आस कम गर्न भनेका थिए । ‘तर पनि बचाउने प्रयास गर्छौ’ भन्दै भेन्टिलेटरमा राखेर चिकित्सकले उपचार थालेको उहाँको भनाइ छ ।

शल्यक्रियाका क्रममा नसा नै काटिएकाले रक्तश्राव नरोकिएको जानकारी धरानमा उपचारमा संलग्न चिकित्सकले दिएको मेनुकाका श्रीमान महेश कटुवालले बताउनु भयो ।

भिडियो एक्स्रेबाट पेटमा रगत तथा विकार पदार्थ जमेको देखिएपछि त्यसलाई बाहिर निकाल्न चिकित्सकले दोस्रो पटक धरानमा पनि शल्यक्रिया गरिदिएको उहाँको भनाइ छ ।

मेनुकाबाट जन्मिएकी नवजात शिशु भने स्वस्थ्य छिन् । सुत्केरीको मृत्युपछि उत्पन्न विवाद साम्य पार्न आज बिहान भएको वार्तामा छोरीको ७ वर्षसम्म निःशुल्क उपचार गरिदिने र स्नातकसम्मको शिक्षादीक्षाको व्यवस्था अस्पतालले मिलाइदिने सहमति भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३