प्रकाशित : १ पुष २०७६, मंगलवार १७:४९

विराटनगर, १ पुस । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको एउटा स्टेशन मोरङको पथरीशनिश्चरेमा पनि रहनु पर्ने सुझाव दिइएको छ । जनप्रतिनिधि र स्थानीयले स्टेशन राख्नु पर्ने आग्रह गर्दै उक्त सुझाव दिएका हुन् ।

प्रदेश १ मा निर्माण हुने एक सय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणको वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदनमाथि आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा आज पथरीशनिश्चरे नगरका प्रमुख दिलिपकुमार राईले त्यस्तो सुझाव दिनुभएको हो । उहाँले दमक र उर्लावारीमा स्टेशन हुँदा पथरीशनिश्चरेमा पनि हुनुपर्ने सुझाव दिनुभएको छ ।

कार्यक्रममा ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, न्यायिक समिति सदस्य पर्शुराम न्यौपानेले पनि सोहीखाले सुझाव दिनुभएको छ । आज पथरीशनिश्चरे नगरमा रेल विभागले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीका बासिन्दाले रेलवे निर्माणको सहर्ष स्वागत गर्दै ८ वटा सुझाव दिएका छन् ।

जसमा स्थानीय चलनचल्तीको मुल्यका आधारमा जग्गाको मुआब्जा दिइनुपर्ने, ऐलानी जग्गाको मुआब्जाको व्यवस्थापन उचित गरिकाले गर्नुपर्ने, सरकारी बनको जस्तै गरी सामुदायिक वन क्षेत्रको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने छन् । यसका साथै दमक र उर्लावारीमा स्टेशन ज्यादै नजिक दुरीमा रहेकाले त्यसलाई पुर्नविचार गरी पथरीशनिश्चरेमा पनि स्टेशन राखिनु पर्ने सहितको सुझाव पठाइएको छ ।

यसका साथै रेलबाट हुने प्रदूषणको उचित समाधान, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसँगको सहकार्य हुनुपर्ने, जमिन खण्डिकरणको उचित समाधान गर्नुपर्ने र रेलवे वनाउँदा पानी निकासको उचित ड्रेन निर्माण गरिनुपर्ने सुझाव दिइएको छ । स्थानीयले छिटो गरी रेलमार्गको काम थाल्न समेत आग्रह गरेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३